सुस्मिता केसी । कपीलवस्तु वाणगंगा नगरपालिका निवासी केसी घरकी एक्ली छोरी थिइन परिवारको अघात स्नेह र प्रेमसहित उनले आफ्नो बाल्यकाल बिताएकी थिइन । २०७५ तिर २५ वर्षिया सुस्मिता अध्ययनको शिलशिलामा भारतमा थिइन ।
त्यही बेला उनको परिवारले सुस्मिताको विहे बारे कुरा चलाउँछन । उनको हात माग्न तीन/चार वटा केटाहरुबाट प्रस्ताव आउँछ कोही पनि केटा उनलाई मन पर्दैन । २०७६ फागुन तिर एक जना आफन्त मार्फत विवाहका लागि मकुवानपुरको हेटौडाका रुपेन्द्र थापाको प्रस्ताव आउँछ ।
सुस्मिताकी आमा छोरीको विवाह नजिकै होस भन्ने चाहान्थीन । त्यही कारण होटौडाबाट आएको प्रस्ताव उनले अस्वीकार गरिदिइन । तर जब सुस्मिताले हेटौडाका रुपेन्द्र थापाको फोटो देखिन, उनलाई केटा असाध्यै मन प¥यो । रुपेन्द्रलाई पनि सुस्मिता मन परिन, यसअघि उनले पनि तीन/चार वटा केटी अस्वीकार गरेका थिए ।
ससुराले टाउँकोमा हिर्काउने बित्तिकै सुस्मिता भूइमा ढल्छिन । त्यसपछि उनकी नन्दले नजिकै रहेको सिलौटौले सुस्मिताको टाउकोँमा हिर्काउँछन । बाबु र छोरी मिलेर अन्धाधुन्ध रुपमा सुस्मितामाथि प्रहार गरेपछि उनी कराएर गुहार माग्छिन ।
सुस्मिताकी आमाले धेरै टाढा छ त्यो केटासँग विहे नगर भन्दा पनि उनले मानिनन्, केटा राम्रो भएपछि टाढा भएर के हुन्छ र ? भन्दै सुस्मिता आमालाई सम्झाउन थालिन, त्यसपछि सुस्मिता र रुपेन्द्रको परिवारबाट विहेको कुरा अगाड बढ्यो । २०७६ साल वैशाख १८ गते धुमधामका साथ विहे सम्पन्न भयो ।
तर सुस्मितालाई थाहाँ थिएन जुन घरमा उनी बुहारी बनेर जाँदैथिइन । त्यही घरमा ससुरा र नन्दले केही महिनापछि नै उनको हत्या गर्दै थिए । विहेका सुरुवाती दिनमा नौउली दुलही सुस्मिताको खुसीको सीमा थिएन । तर त्यो खुसी धेरै दिन टिकेन ।
प्रस्तुति : प्रेजिना देवकोटा, लेखन : सुनिल पन्त, भिडियो सम्पादन ; प्रेरित शाक्य
विस्तृत कथाका लागि यो भिडियो हेर्नुहोस्……….